कलाकार मरिचमान श्रेष्ठको  निर्देशन र निर्माणमा फिल्म ‘गोबर गणेश’ बन्ने भएको छ । ‘बल्छी धुर्बे’ नामले चिनिएका मरिचमान अब फिल्म निर्देशनमा अगाडि आउन लागेका हुन् । 


यो फिल्म बल्छी धुर्बे फिल्मस् प्रालिको व्यानरमा यो फिल्म निर्माण हुनेछ । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । कलाकारको नाममा सीतादेवी तिमिल्सिना र पूजन घिमिरे राखिएको छ । पूजनले लामो समयदेखि मरिचमानसँग सिरियलमा सहकार्य गर्दै आएकी थिइन् । 


हाँस्य क्षेत्रमा दर्शकको माया पाएका कलाकारहरू धमाधम फिल्म क्षेत्रमा प्रवेश गरिरहेको समयमा मरिचमान पनि अब फिल्म निर्माणमा अगाडि आउन लागेका हुन् । 


यो फिल्मको पोस्टर पनि केही समयमा नै सार्वजनिक हुनेछ । भने भदौबाट यो फिल्मको छायांकन सुरु गर्ने तयारी मरिचमानको छ ।