मोडलद्वय सुधीर श्रेष्ठ र जुना गुरुङ अभिनित नयाँ गीत 'पानी लोटामा' सार्वजनिक भएको छ। गायक खुमन अधिकारी र दीपिका मगरको आवाज र कस्तुप पन्तको शब्द रहेको यो गीतलाई कस्तुप पन्त नामक युट्य़ूब मार्फत सार्वजनिक गरिएको हो। 


लोक लय भाकाको यस गीतमा रमेश शतकले संगीत भरेका छन्।  यस गीतको शब्द तथा भाकाहरु निकै नै मनछुने छन्। यो गीत सुन्दा जति आनन्द आउछ।  भिडियो पनि उत्तिकै राम्रो बनेको छ।  


यो गीतको भिडियोलाई सिर्जन बराल 'ऋषि'ले निर्देशन गरेका हुन्। दुर्गा पौडेलको सिनेम्याटोग्राफी रहेको यस गीतलाई बिनोद बमले सम्पादन गरेका हुन्।