नायक विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर रवि लामिछानेको बारेमा पार्टीले संचालन गरेको हस्ताक्षर अभियानमा सहभागी भएका छन् । उनले हस्ताक्षर गरेपछि अहिले सामाजिक संजालमा विभिन्न खालका बहस भइरहेका छन् ।
‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध जनताको हस्ताक्षर अभियान’मा विपिन पनि सहभागी भएका हुन् । उनी, आइतबार पार्टी कार्यालय पुगेर हस्ताक्षर गरेका थिए ।
असारको ७ गतेदेखि रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ । सोही हस्ताक्षर अभियानमा विपिन सहभागी भएका हुन् ।
बक्स अफिसमा ‘ऊनको स्विटर’ सुपरहिट भएपछि विपिन उत्साहित छन् । विपिनले हस्ताक्षर गरेपछि कतिपयले सामाजिक संजालमा अब उनको फिल्म नै नहेर्ने तर्क गरिरहेका छन् भने कतिपयले विपिनलाई धन्यवाद पनि दिइरहेका छन् ।