गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

486 Shares
alt
  • असार ९, २०८२
  • गुप्तचर खबर सम्वाददाता

राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै सञ्चारमन्त्री सुब्बाले विक्रम संवत् २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी समावेशी एवम् सङ्घीय संरचना र नयाँ प्रविधिअनुरूप बनाउन नयाँ चलचित्रसम्बन्धी विधेयक तर्जुमा गर्न लागिएको बताए । चलचित्र क्षेत्रलाई अर्थतन्त्र जोड्नका लागि पनि सहज र समय सुहाउँदो कानुन आवश्यक पर्ने उनले उल्लेख गरे ।

त्यस्तै, चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगका रूपमा विकास गर्न, चलचित्रमार्फत देशलाई पर्यटन गन्तव्यका रूपमा अगाडि बढाउन नयाँ व्यवस्था आवश्यक रहेकाले यो विधेयक ल्याइएको उनको भनाइ छ ।

स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन अघि जाँच गर्ने व्यवस्था मिलाउने तथा चलचित्र क्षेत्रको विकास, विस्तार, नियमन र प्रवर्द्धनका लागि नयाँ कानुन आवश्यक पर्ने भएकाले यो विधेयक ल्याइएको सञ्चारमन्त्री गुरुङले बताए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसद डा अन्जान शाक्यले विद्यमान ऐनमा राखिएका व्यवस्थाहरू समयानुकूल नरहेकाले त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताए । विधेयकले बक्स अफिसको प्रभावकारी कार्यान्वयन गर्ने, चलचित्र क्षेत्रका कामदारको हकअधिकार संरक्षणजस्ता विषयलाई समेटेको शाक्यले बताए ।

अर्का सांसद तारामान स्वारले विधेयकमा राखिएका कलाकार र प्राविधिकको पारिश्रमिक, सामाजिक सुरक्षा, सेन्सरसिपजस्ता विषयको परिभाषा स्पष्टता आवश्यक पर्ने बताए । विभिन्न सरोकारवाला व्यक्ति तथा निकायसँग छलफल गरी विधेयकलाई थप परिस्कृत पारिनुपर्नेमा उहाँले जोड दिए ।

सांसद गोपाल भट्टराईले पुरानो कानुनी व्यवस्थाले अहिलेको डिजिटल युगमा काम गर्न असहज हुने भएकाले तथा सङ्घीयता कार्यान्वयन पछि अधिकार क्षेत्रको बाँडफाँट स्पष्ट पार्नका लागि नयाँ कानुन आवश्यक पर्ने बताए ।

आजको छलफलका क्रममा सांसदहरू राधेश्याम पासवान, किरणबाबु श्रेष्ठ, श्रीकृष्णप्रसाद अधिकारी, मदनकुमारी शाह (गरिमा), भुवनबहादुर सुनार, शारदादेवी भट्ट, विष्णुबहादुर विश्वकर्मा, पदमबहादुर परियार, रेणु चन्द, सुमित्रा बिसी, गोपीबहादुर सार्की आछामी, भगवती न्यौपानेलगायतले विधेयकको सैद्धान्तिक पक्षमाथि आफ्नो धारणा राखेका थिए ।

चलचित्रसम्बन्धी नयाँ कानुन बनाई कार्यान्वयन भएपश्चात् विभिन्न उपलब्धि हासिल हुने विधेयकमा उल्लेख छ । यो कानुन बनेपछि चलचित्र विकास बोर्ड एक स्वायत्त र अधिकार सम्पन्न संस्था हुने, चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई थप व्यवस्थित गर्न सकिने, चलचित्रसम्बन्धी नियमन गर्न सहज हुने, जवाफदेहिता वृद्धि हुनेलगायत सुधारको अपेक्षा गरिएको छ ।

त्यस्तै, नेपाली चलचित्रलाई उद्योगका रूपमा विकास गर्न मद्दत पुग्ने, राष्ट्रिय चलचित्र क्षेत्रलाई सिर्जनशील, सांस्कृतिक र मनोरञ्जन उद्योगका रूपमा विकास, विस्तार र संवद्र्धन गर्न मद्दत पुग्ने, चलचित्र वितरण र प्रदर्शनमा बक्स अफिस प्रणालीको प्रभावकारिता वृद्धि हुने, श्रमजीवी चलचित्रकर्मीहरूको हकहित संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मातृभाषाका बौद्धिक, कलात्मक, आदिवासी जनजाति चलचित्रको निर्माण, प्रदर्शन र यसको अन्तरराष्ट्रियकरणमा सहयोग र यसको संरक्षण गर्नका लागि पनि नयाँ कानुन आवश्यक ठानिएको छ । विधेयकका व्यवस्था कानुन बनेर आउँदा स्वदेशी चलचित्रको बजार विस्तार र अन्तरराष्ट्रियकरण गर्न सहयोग पुग्ने, चलचित्र क्षेत्रमा नयाँ प्रविधिको उपयोग हुने, चलचित्र विकास बोर्डको स्रोत वृद्धि एवं आयको दायरा फराकिलो हुनेलगायत सुधारको अपेक्षा गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चारमन्त्री गुरुङले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार १२ गते बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३
६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
३५ दिनमा चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न, बराहक्षेत्रमा खिचियो अन्तिम दृश्य ३५ दिनमा चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न, बराहक्षेत्रमा खिचियो अन्तिम दृश्य
डिजिटल प्लेटफर्ममा चलचित्र 'बेहुली'को दबदबा: दोस्रो गीत 'म भईन भने'ले २४ घण्टामै तोड्यो अघिल्लो रेकर्ड डिजिटल प्लेटफर्ममा चलचित्र 'बेहुली'को दबदबा: दोस्रो गीत 'म भईन भने'ले २४ घण्टामै तोड्यो अघिल्लो रेकर्ड
‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश ‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ? ‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने
दोलखाको फिल्म सिटी १५ वर्षदेखि अलपत्र, करोडौँ खर्चिए पनि मुख्य संरचना बनेन दोलखाको फिल्म सिटी १५ वर्षदेखि अलपत्र, करोडौँ खर्चिए पनि मुख्य संरचना बनेन
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग
रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार
यी हुन् रसुवा बाढीबाट उद्धार गरिएका विदेशी नागरिक
रसुवा र केरुङमा बाढीबाट भएको क्षतिप्रति दलाई लामाद्वारा दुःख व्यक्त
रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन
भोटेकोशी बाढी :पाँच जलविधुत आयोजनाका २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन
नेपालमा करिब १०० चिनियाँ नागरिक बेपत्ता, बाढीको अवस्था बुझ्न चिनियाँ प्रधानमन्त्री प्रभावित क्षेत्रमा
बाढीले नुवाकोटको नक्सा नै बदल्यो : १५ सय परिवार विस्थापित, बजारदेखि विधुतसम्म तहसनहस
कर्णालीमा मन्त्रिपरिषद् विस्तार : एमालेका ३, नेकपाका ३ मन्त्रीसहित शाहीको ‘टिम’ तयार
बाढी प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री शाहद्वारा राहत र पुनर्स्थापनामा तीव्रता दिन निर्देशन
रसुवा बाढी अपडेट: २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन
भोटेकोशीमाथि फेरि जोखिम : चीनमा बन्यो २० लाख घनमिटरको ताल
रोजगारीका लागि रसुवा पुगेका कर्णालीका १३४ जना सम्पर्कविहीन
गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस सम्पर्कविहीन, २५ यात्रुको अवस्था अज्ञात
तस्वीरमा बाढीपछि त्रिशूली ढुङ्गे बजार
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

समाचार विभाग

  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रविधि

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.