काठमाडौं— बहुमूल्य धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको मूल्य अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार तोलाको १ लाख ८८ हजार ४ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ । आइतबार तोलाको २ हजार १ सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज सोमबार २ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।