कलाकार विल्सन विक्रम राइको डेब्यू निर्देशनमा तयार हुन लागेको फिल्म ‘मैझारो’मा नायिका मिरुना मगरले साइन गरेकी छिन् । साउन महिनादेखि छायांकन सुरु हुने यो फिल्ममा यसअघि नायक धिरज मगर फाइनल भइसकेका छन् ।
धिरज र मिरुनाले यसअघि फिल्म ‘कुस्ती’मा एकसाथ काम गरेका थिए । यी दुइको यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन ।
विल्सनकै कथा रहने यो फिल्मलाई सौरभ लामाले खिच्नेछन् । साउनको पहिलो साताबाट छायांकनमा जाने यो फिल्मलाई इलाम र पाँचथरमा खिचिनेछ । फिल्मले पूर्वी पहाडको जीवनशैली, संस्कृती र सामाजिक यथार्थतालाई देखाउनेछ ।
फिल्म ‘मैझारो’मा अन्य कलाकारहरु फाइनल भइसकेका छैनन् ।