भुवन केसीको निर्देशनमा तयार भइरहेको फिल्म ‘बाटुलो जुन’मा नायिका स्नेहा भट्टराई फाइनल भएकी छिन् । फिल्म ‘बाटुलो जुन’को पहिलो चरणको छायांकनमा समेत स्नेहाले काम गरिसकेकी छिन् । यसअघि, फिल्ममा नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको नाम मात्र अगाडि आएको थियो ।


स्नेहाले फिल्म ‘मोदीबेनी’बाट फिल्म करिअर सुरु गरेकी हुन् । ‘बाटुलो जुन’मा उनी नायक अनमोल केसीको जोडीको रुपमा देखिने छिन् या छैनन्, केही पनि खुलेको छैन । तर, अनमोलसँग फिल्ममा काम गर्न पाउँदा स्नेहा उत्साहित छिन् ।


पहिलो फिल्मबाट फिल्मी बजारमा खासै क्लिक नभएकी स्नेहाले यो फिल्ममा मिहिनेत गरेर काम गरेको खण्डमा उनलाई फाइदा हुने पक्का छ ।


जीया केसीको निर्माणमा तयार भइरहेको यो फिल्मको दोस्रो चरणको छायांकन भदौमा गरिनेछ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर, फिल्मलाई फागुन महिनामा रिलिज गर्ने योजना निर्माताको छ ।