काठमाडौं – नेपाली बजारमा आज(आइतबार)सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल
सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार
भइरहेको छ ।
यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४
हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ
। तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको
महासंघले जनाएको छ ।