काठमाण्डौ । पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको घरमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली (सिआइबी) को टोली पुगेको खबरले सनसनी मच्चिएको छ।
सिआइबीको टोली आइतबार दिउँसो ललितपुरको जावलाखेलस्थित भूषणको घरमा पुगेको हो। पछिल्लो एक महिनादेखि भुषण नेपालमा नभए पनि सिआइबी टोली कुन उदेश्यले पुग्यो भन्ने खुल्न सकेको छैन । सिआइबी टोलीले भूषण राणाका बाबु -आमा मात्र रहेको उक्त घरमा खानतलासी गरेर फर्किएको स्रोतले जनाएको छ।
भदौ २४ गते काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गर्दा रकम पनि देखिएका थिए। आइतबार दिउँसोदेखि रातिसम्म करिब ४–५ वटा ठाउँमा छापामारेको सीआइबीले जनाएको छ।
अनुसन्धानकै क्रममा भएकाले कहाँ–कहाँ छापा परेको र के–के बरामद भएको भन्ने विवरण तत्काल सार्वजनिक गर्न नसकिने सीआइबी प्रमुख एआइजी मनोज केसीको भनाइ छ।