काठमाडौं— शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए। “यसपटक दसैंका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नु प¥यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन् । अब सास्ती बेहोर्नु पर्ने छैन”, उनले भने ।