काठमाडौं— राजधानीका सडकमा पैदलयात्रीको सिक्री लुट्ने समूहका पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राज लामा, दुर्गबहादुर मगर, दिलबहादुर विक, गोविन्द सुनार र दिपेश रसाइली रहेका छन्।

स्वयम्भु प्रहरी वृत्तको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। लामा र मगरले सिक्री लुट्ने र बाँकी तीन जना ज्वेलर्स सञ्चालकले ती सिक्री खरिद गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट सात तोला सुन, करिब पाँच लाख रुपैयाँ, मोटरसाइकल र मोबाइल बरामद गरेको जनाएको छ।