काठमाडौं— देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २४ जना पक्राउ परेका छन्। सुनसरी, बाँके, बर्दिया, सल्यान, कैलाली, पर्सा, कास्की, तनहुँ र झापा जिल्लामा प्रहरीले छापामारी गर्दा ब्राउनसुगर, ट्रामाडोल, स्पास्मो, नाइट्राजेपाम, डाईजेपाम, फेनारगन, नुर्फिन लगायतका लागूऔषध बरामद गरेको हो।
पक्राउ परेकामध्ये केही भारतबाट नेपालतर्फ लागूऔषध ल्याउँदै गर्दा र केही आफ्नै घर तथा सवारीसाधनमा लुकाइराखेको अवस्थामा पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइ अनुसन्धान गरिरहेको जनाएको छ।






































