काठमाडौं— कपिलवस्तु र महोत्तरीमा छुट्टाछुट्टै आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–७ निविहवास्थित पशुपति प्लाई बोर्ड कम्पनीमा बुधबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, महोत्तरीको भंगाहा नगरपालिका–५ राजपुर बजारमा गए राति विद्युत् सर्ट भएर दिनेश साह सोनार र अहमद राइनका घुम्ती पसलमा आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेको छ ।

प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।