काठमाडौैं— राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।
उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        