नवलपरासी— नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१ पुनर्वासमा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३४ वर्षीय चित्रबहादुर शाही रहेका छन्।

प्रहरीका अनुसार चित्रबहादुरले आफ्ना ३६ वर्षीय दाजु कृष्णबहादुर शाहीमाथि कोदालोको बिँडले प्रहार गर्दा कृष्णबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले चित्रबहादुरलाई आइतबार बिहान पक्राउ गरेको हो।

हत्या किन र कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।