काठमाडौँ । नेकपा एसकी नेतृ राम कुमारी झाँक्रीले जेनजी विद्रोहले लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको बताएकी छिन् ।
बुधबार काठमाडौं मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाक्रीले २३ र २४ गतेको विद्रोहबाट पार्टीहरु सचेत हुन आश्यक रहेको भन्दै उक्त विद्रोहले लोकतान्त्रिक प्रणली माथि प्रश्न उठाएको बताएकी छिन् ।
‘जेनजी विद्रोहले हाम्रो लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको छ । भदौ २३ र २४ गतेको विद्रोहले हामि सबैलाई सचेत बनाएको छ । २३ र २४ गतेको विद्रोह पछि हामीले पार्टीलाई बदलन खोजेकै हो । गलत स्वार्थ भएका पार्टीलाई एकता गर्दा लोकतन्त्र मासिन्छ कि भन्ने डर हामी सबैलाई छ,’ उनिले भनिन्, ‘प्रगतिशिल, जिम्मेवारी, लोकतान्त्रिक पार्टीको पुुनः गठन गर्नु जरुरी छ । जिम्मेवार र जवाफदेहि पार्टीको निर्माण गर्नु जरुरी छ । पार्टी र हामी सबै रुपान्तरण हुन जरुरी छ ।’
यस्तै उनले अर्काको निजी सम्पती, सरकारी सम्पती आगजानि, तोडफोड गर्ने मानिसलाई नेपालको विध्यमान कानुन अनुसार कारवाही गर्नुपर्र्ने बताईन । ‘अर्काको निजी सम्पति, सरकारी सम्पति आगजानि, तोडफोड गर्ने मानिसहरुलाई नेपालको बिध्यामन कानुन अनुसार कारवाही गर्नपर्छ ।’
विचार र सिद्धान्त मिल्नेसँग एकता गर्नुपर्ने भन्दै दललाई बलियो बनाउन दल भित्र र बाहिरबाट लडन तयार रहेको उनको भनाई छ ।






































