सिन्धुपाल्चोक— इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यकक्षमै कुटपिट गरेका छन्।

स्थानीयका अनुसार सामान्य विवादका क्रममा समितिका अध्यक्षले प्रधानाध्यापक भण्डारीलाई चड्काएर आँखामा चोट पुर्‍याएका हुन्। घटनापछि भण्डारी उपचाररत छिन्।

विद्यालयभित्रै भएको उक्त कुटपिटप्रति शिक्षक र स्थानीय समुदायले कडा आपत्ति जनाएका छन्। उनीहरूले शिक्षकमाथि भएको शारीरिक आक्रमणलाई गम्भीर आपराधिक कार्य भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।

“कार्यकक्षमै प्रधानाध्यापकलाई कुटपिट गर्नु अत्यन्त निन्दनीय र असह्य कृत्य हो,” एक स्थानीय शिक्षकले भने।

घटनापछि इन्द्रावती गाउँपालिका र स्थानीय प्रशासनले छानबिन अघि बढाएको जनाएको छ। घाइते प्रधानाध्यापक भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शिक्षक समुदायले ऐक्यबद्धता प्रदर्शन गरेका छन्।

kutpit2