बर्दिया—  बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय  विकास यादव रहेका छन् ।

दुर्घटनामा परि अर्का एकजना भने घाइते भएका छन् । भने घाइते हुनेमा मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी रहेका छन् । 

राजापुर देखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नं को मोटरसाइकल हुलाकी सडक अन्र्तगत राजापुर नगरपालिका वडा १० जोगीपुर स्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटना हुनासाथ दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारको क्रममा यादवलाई डाक्टरले मृत घोषणा गरेका थिए । 

घाईते मोटरसाइकल चालक सोनीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्रकुमार मल्लले बताए ।