काठमाडौं । ‘प्रतिगमनलाई रोकौं, यथास्थितिवादलाई चिरौं, अग्रगमनकारी परिवर्तनको बाटोमा अगाडि बढौं’ भन्ने मूल नाराका साथ जेनजी केन्द्रको अवधारणापत्र सार्वजनिकीकरण भएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत जेनजी केन्द्रले अवधारणापत्र सार्वजनिकीकरण गरेको हो ।
जेनजी विद्रोहको कार्यभार पूरा गर्ने उद्देश्यका साथ जेनजी केन्द्र गठन भएको बताइएको छ । भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग राखी शान्तिपूर्ण ढंगले भदौ २३ गते शान्तिपूर्ण विद्रोह गर्दा २४ गतेको आन्दोलन हुन पुगेको बताइएको छ ।
यसैगरी जयश्वर विकले जेनजी विद्रोहको भावना र परिवर्तनको स्पिरिटअनुरुप प्राप्त उपलब्धीको रक्षा गर्दै नेपाली समाजलाई अग्रगमनतर्फ लैजानेगरी जेनजी आन्दोलनलाई पुनर्गठन पर्नुपर्ने निष्कर्षमा आफूहरु पुगेको बताए ।






































