कपिलवस्तु— कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१ पकडीकी दुई वर्षीया मान्सा ओझा घरबाट बेपत्ता भएको दुई दिनपछि मृत फेला परेकी छिन्।

प्रहरीका अनुसार बालिकाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको हो। सो खोला मायादेवी गाउँपालिका–१ र सुद्धोधन गाउँपालिका–६ को सिमानामा पर्दछ।

मान्सा ओझा कार्तिक २२ गते बिहान करिब १० बजे आफ्ना पाँच वर्षीया दाइसँग घरबाट खेल्न निस्किएकी उनी हराएकी थिइन्। परिवारले खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीमा उजुरी गरिएको थियो।

प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बालिकाको शव घरदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ खोलामा भेटिएको हो। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।