काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभन देखाएर पोर्चुगल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ असुली गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमाकञ्चनपुर बेदकोट–१० का २३ वर्षीय भिमबहादुर महर रहेका छन् । उनी हाल काठमाडौं महानगर–२६ मा बस्दै आएकोमा मंसिर १९ गते काठमाडौं महानगर–४ बाट पक्राउ परेका हुन्।

पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले महरलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार आकर्षक तलबको आश्वासन दिँदै महरले एक व्यक्तिबाट २ लाख रुपैयाँ लिएको खुलेको छ।

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले उनलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ।