काठमाडौं— गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयले गरेको पत्राचार अनुसार उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीलाई मन्त्रालयले उल्लेख गरेको छ ।
मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत् ध्यानाकर्षण गराएको थियो ।
उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थित चिनियाँ दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो ।
घटनाका सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङ र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।






































