काठमाडौं— नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पार्टी अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।

बिहीबार एक भिडियोमार्फत नेता डा।महतले नेपाली कांग्रेस चुनौतीपूर्ण अवस्थामा रहेकाले राजनीतिक चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन आग्रह समेत गरेका हुन् ।

उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी जटिल र चुनौतीपूर्ण अवस्थामा छ । कांग्रेसले ३८ सिट मात्र ल्याएको छ । यो अहिलेसम्मकै अत्यन्तै न्यून सङ्ख्या हो । राजनीति चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन जरुरी छ ।’

जबसम्म पार्टीमा मानसिक र भौतिक रूपमा एकीकृत सकिदैन तबसम्म पार्टी बलियो हुन नसक्ने उनको भनाइ थियो ।

उनले नयाँ नेत्युत्व नभई आम निर्वाचनमा जान सकिँदैन भन्ने कुरालाई जबरजस्ती पार्टीको एक पक्षका साथीहरू अगाडि सारेका समेत आरोप लगाए ।