काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गर्दा ५ जना महिलालाई समेटेको छ । जसमा दलित समुदायकी सीता वादीसमेत छिन् । रास्वपाले सोबिता गौतमलाई कानुन, प्रतिभा रावललाई सामान्य प्रशासन, गीता चौधरीलाई कृषि, निशा मेहतालाई स्वास्थ्य र सीता वादीलाई महिलामन्त्री बनाएको हो ।
प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी छ ।
बालेन प्रधानमन्त्रीमा नियुक्त
बालेनसहित रास्वपाका शीर्ष नेताले अब बन्ने मन्त्रीहरूको नाम टुंगो लगाएका छन् । मन्त्री बन्ने १६ जनाको नाम टुंगो लगाइएको रास्वपाले जनाएको छ ।
प्रधानमन्त्रीसहित मन्त्री बन्न लागेकाको सूची
१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा
२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. सुधन गुरुङ – गृहमन्त्री
४. शिशिर खनाल – परराष्ट्रमन्त्री
५. सोविता गौतम – कानुनमन्त्री
६. सस्मित पोखरेल – शिक्षामन्त्री
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – सामान्य प्रशासनरभूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१३. गनेश पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना
१५. दीपक साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी – कृषि तथा पशुपन्छी































