कठमाण्डौ । प्रधानमन्त्री बालेनले बनाए प्रमुख सल्लाहकारसहित कोर टीम सचिवालयमा ‘कोर टिम’ सेट: विश्वास पात्र र बालेनका रणनीतिकारहरू समेटिएका छन ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद सम्हाल्दै आफ्ना विश्वासिला पात्रहरू समेटेर सचिवालयको ‘कोर टिम’ निर्माण गरेका छन्।प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन्, जसले मेयरको चुनावदेखि नै शाहको रणनीतिकारका रूपमा साथ दिँदै आएका थिए। राजनीतिक सल्लाहकारमा असिम शाह आएका छन्, जसले राष्ट्रिय स्वतन्त्र पार्टी सँगको एकतामा निर्णायक भूमिका खेलेका थिए। यस्तै मुख्य स्वकीय सचिवमा सुवास शर्मा, प्रशासन प्रमुखमा सुदिप ढकाल र सूचना–प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन्।
प्रधानमन्त्रीको निजी सचिवालय सम्हाल्ने जिम्मा सहसचिव प्रदीप परियारलाई दिइएको छ भने सुरक्षा प्रमुखमा डीएसपी दिपेश बस्याल खटिएका छन्।






































