काठमाडौं— सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखककी पत्नी यशोदाले दिएको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । 

यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको जाँचबुझ गर्ने गठित गौरीबहादुर आयोगको प्रतिवेदनले फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेपछि बालेन्द्र शाह नेतृत्वको सरकारले लेखकलाई शनिबार पक्राउ गरेको थियो ।