इलाम— ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले इलामबाट एक पुरुषलाई पक्राउ गरेको छ।
देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
राजुले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको थियो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






































