सुर्खेत— सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने भएका छन्। वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो। सुरुवातमा घटना शंकास्पद देखिए पनि पछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।

यस प्रकरणमा जिल्ला अदालत सुर्खेतले चार जना अभियुक्तलाई बाल सुधार गृह पठाउने आदेश दिएपछि मात्रै परिवार शव बुझ्न सहमत भएको हो। आजै उनको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।