काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।
आज अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ ।






































