काठमाण्डौ । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको छ ।
शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार उच्चदेखि तल्लो तहसम्मका प्राविधिक पदमा एकैपटक भर्ना प्रक्रिया सुरु गरिएको हो । प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा भर्ना खुलाइएको छ ।
इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एन्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा भर्ना खुलेको छ । विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको छ ।
प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ देखि वैशाख २४ गतेसम्म आवेदन बुझाउन भनिएको छ । प्राविधिक प्रहरी जवान पदको हकमा भने चैत २६ देखि वैशाख ३१ गतेसम्मको समय दिइएको सूचनामा उल्लेख छ ।















































