काठमाडौं— नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार सत्तापक्षसँग स्पष्ट बहुमत रहेको र सभामुख साझा तथा निष्पक्ष भूमिकामा रहने अपेक्षासहित यस्तो निर्णय गरिएको हो।
यता नेकपा एमाले ले भने उम्मेदवारी दिने वा नदिने विषयमा अझै निर्णय गरेको छैन। सांसद गुरुप्रसाद बराल ले सचिवालय बैठकपछि निष्कर्षमा पुगिने बताएका छन्।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल सभामुखका उम्मेदवार बनेका छन्। प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकाले अर्यालको जित लगभग निश्चित देखिएको छ।






































