काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा निर्वाचनको बृहत् समीक्षा, पार्टी एकतालाई टुंग्याउनेसहित आगामी रणनीतिबारे छलफल हुनेछ ।

बैठकको एजेन्डामा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा प्रतिवेदन, महाधिवेशनको आयोजना, सरकार र संसद्, पार्टी पुनर्गठन तथा तात्कालिक कार्ययोजना र विविध छन्।