काठमाडौं—  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नव वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले अनुभव र युवाशक्तिको सहकार्यबाट समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले सन्देशमा वर्ष २०८२ अब इतिहास बनेको उल्लेख गर्दै सफलता वा विफलता, अवसर वा चुनौती तथा कमजोरी वा उपलब्धिबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताए ।

उनले लेखेका छन्,‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भयो। इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ’पाको अनुभव’ र ’नवयुवा ऊर्जा’ बीचको एक सार्थक ’सिनर्जी’ सिर्जना गरोस्।नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !’