काठमाडौं— कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन समितिको बैठकले उनलाई चयन गरेको हो ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो ।

निर्वाचित भएपछि उनले निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको भन्दै थप जिम्मेवारी आफूमाथि थपिएको बताइन् ।

सबै सदस्यहरुसँगको छलफल र समन्वयसँगै समितिको काम कारवाही अगाडि बढाउने उनले जानकारी दिइन् ।

उनले भनिन्,‘निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको छ तर जिम्मेवारी धेरै ठूलो छ । हामी सबै बसेर महत्वपूर्ण छलफल गरेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै अगाडि बढाउँछौं ।’