काठमाडौं— गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनले बुधबार प्रधानमन्त्री वालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् ।

बिचौलियासँग साँठगाँठ गरेको आरोप लागेपछि गुरुङ राजीनामा दिन बाध्य भएका हुन् । 

१३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङ गृहमन्त्री बनेका थिए । बिचौलियासँग साँठगाँठ गरी अकुत सम्पत्ति आर्जेको आरोप लागेपछि उनलाई बर्खास्त गर्न प्रधानमन्त्री शाहलाई दबाब परेको थियो ।

सत्ताधारी दल रास्वपाकै नेताहरूसहित विपक्षी दलहरूले गुरुङले राजीनामा दिनुपर्ने माग गरेका थिए । गुरुङले आफूमाथि लगाइएको आरोप झुटो रहेको बताउँदै आएका छन् । यद्यपि, छानबिनमा सघाउन राजीनामा दिएको उनको भनाइ छ । 

679055930_25803333879341098_788480660155067019_n