काठमाडौं— सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको हो ।
सरकारले काठमाडौंको खोला किनारमा बसिरहेका सुकुम्बासीहरूलाई हटाउने तयारी गरिरहेका बेला परिश्रमी बैंकिक कसुरमा पक्राउ परेका हुन् ।
परिश्रमीको पक्राउ सकुम्बासी समस्यासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ ।





































