तनहुँ— पृथ्वी राजमार्गअन्तर्गत तहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । उनले शिलापत्रसँग भने, 'अहिलेसम्म कुनै खबर छैन । उद्धार भइरहेको छ ।’
दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले बताएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






































