काठमाडौं— काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनीता डंगोलले सुकुम्बासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका १ मा रहेको सरकारी भवनको अवलोकन गरेकी छन्।
सरकारले काठमाडौंको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने काम गरेको छ।
यी स्थानबाट सुकुम्बासीहरूलाई यही सरकारी भवनमा राखिने भएकाले सरसफाइ र मर्मतको काम भइरहेको छ।






































