कैलाली— कैलालीमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–२ बस्ने ३१ वर्षीय सुरेश अवस्थी रहेका छन् । उनलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
सुरेशले ती युवतीलाई कैलालीको धनगढी उपमहानगरपालिका४ स्थित संजोक होटलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






































