काठमाडौं— विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै क्रममा नेपाल पत्रकार महासंघले राजधानीको माइतीघरमा ऐक्यवद्धता ¥याली आयोजना गरेको छ।
‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित निकालिएको ¥यालीमा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनको माग गर्दै विभिन्न प्लेकार्ड बोकेका थिए।
¥यालीमा ‘प्रेस स्वतन्त्रता बेपत्ता’, ‘पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा’, ‘सरकारी सूचना साझा गर’, र ‘प्रेस स्वतन्त्रता सम्झौता होइन, अधिकार हो’ जस्ता सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
महासंघले लोकतान्त्रिक मूल्य मान्यता सुदृढ गर्न र नागरिक अधिकारको सुनिश्चितताका लागि प्रेस स्वतन्त्रताको आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






































