काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा तत्काल खबर गर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै हिंसा परेमा वा घटनाको बारेमा जानकारी पाएमा खबर गर्न आग्रह गरेको हो ।
महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाईन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं. १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा यस मन्त्रालयको ईमेल [email protected],, मोवाइल नं.९८५१३११११२ मा सम्पर्क गरी वा whatsApp गरी तत्कालै जानकारी गराउन भनेको छ ।
यसका साथै, लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि आ-आफ्नो तर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, सञ्चार माध्यम तथा सरोकारवाला संघरसंस्था र निकायमा अनुरोध गरेको छ ।







































