काठमाण्डौ  ।  स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै मन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भएको छ ।सरकारले हालै थप गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व पुनलाई दिने निर्णय गरेको हो । पुन लामो समयदेखि प्रविधि, नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

मन्त्री नियुक्तिसँगै उनले विज्ञान तथा प्रविधि क्षेत्रको विकास, अनुसन्धान प्रवर्द्धन र नवप्रवर्तनलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।