काठमाडौं— चर्चित नेपाली सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनी सोमबार साँझ हाजिर जमानीमा रिहा भएका हुन्।

प्रहरीका अनुसार सन्तोष साहले ठगीसम्बन्धी विवादमा पीडित पक्षलाई रकम फिर्ता गर्ने सहमति जनाएपछि हाजिर जमानीमा रिहा गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।

यस घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ भने कानुनी प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम निष्कर्ष आउने सम्बन्धित निकायले जनाएको छ।