काठमाडौं। नेपालमा ढिलो गरी भित्रिएको मनसुन विस्तार हुँदै अब गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ। कोशीबाट सुरु भएको मनसुनी प्रणाली मधेश र बागमती पार गर्दै पश्चिमतर्फ फैलिन थालेको मौसमविद्ले बताएका छन्।
यद्यपि मनसुन अझै पूर्ण रूपमा सक्रिय भने भइसकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन कमजोर अवस्थामा छ र देशका बाँकी भूभागमा फैलिन अझै केही दिन लाग्नेछ। अब क्रमशः वर्षाका गतिविधि बढ्ने सम्भावना रहेकाले नदी, पहिरो र डुबान जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
ढिलो गरी आएको मनसुन विस्तार हुँदैछ, अब वर्षाले देशभर आफ्नो प्रभाव बढाउने मौसमविदहरुले बताएका छन् ।






































