काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरिक्षक  नारायणदत्त पौडेल अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुने चिफ अफ पुलिस समिटमा सहभागी हुन उनीहरु कतार एयरवेजबाट आइतबार साँझ अमेरिका प्रस्थान गरेका हुन् ।Screenshot_2026_0705_212205उनीहरू दोहा हुँदै अमेरिका पुग्ने छन् ।समिट यही जुलाई ७ र ८ हुनेछ। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निमित्त प्रमुखको जिम्मेवारी वंशीराज दाहाललाई दिएका छन्।Screenshot_2026_0705_212235आफू अमेरिका प्रस्थान गर्ने भएपछि आईजीपी कार्कीले हालै राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सरुवा भएका एआईजी राजन अधिकारीले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका छन्।त्यस्तै सशस्त्र आईजीपी नारायण दत्त पौडेल अमेरिकाको न्युयोर्क जाने भएपछि निमित्तको जिम्मेवारी एआईजी वंशीराज दाहाललाई दिइएको छ । दाहाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभाग प्रमुख हुन् ।Screenshot_2026_0705_212950 1सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यू र नेपाल प्रहरीसहितको टोलीलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू तथा अन्य वरिष्ठ सुरक्षा अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरेका थिए।Screenshot_2026_0705_214847