सिरहा— सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वास्थित पुरानो पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका प्रहरीले जनाएको छ।

रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख विगत करिब ३० वर्षदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए। उनी घर भाडामा लिएर कवाडी संकलनको काम गरी जीविकोपार्जन गर्दै आएका थिए।प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३ः३० बजे घरबाट खेल्न निस्किएका उनका पाँच सन्तानमध्ये तीन जना पशु हाटबजार परिसरमा रहेको पानी जमेको खाल्डोमा पुगेका थिए। नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त खाल्डो गाई, गोरु, भैंसी लगायतका पशुहरूलाई पानी खुवाउने उद्देश्यले बनाइएको बताइएको छ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तीनै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको