सल्यान। गाउँपालिकाको अनुदान र सहकारीमार्फत बजारको सुनिश्चितताले सल्यानको त्रिवेणी गाउँपालिकामा बाख्रापालन व्यवसायले नयाँ उचाइ लिएको छ। एक वर्षमै २ हजार ५८० वटा खसी बिक्री हुँदा किसानले करिब ५ करोड रुपैयाँ आम्दानी गरेका छन्।

‘कृषकको उत्पादन, गाउँपालिकाको अनुदान’ कार्यक्रमअन्तर्गत ८ सय ७८ किसान सहभागी भएका थिए। प्रतिकिलो १२ रुपैयाँ प्रोत्साहन अनुदान सहित किसान र सहकारीलाई करिब ९ लाख ७२ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय तहको सहयोग, सहकारीमार्फत बजारीकरण र सुनिश्चित बजारका कारण अहिले युवा र महिलासमेत व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन्।