काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११
काठमाडौं— भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्र
काठमाडौं— मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
काठमाडौं— तारागाउँ रिजेन्सी (हायात होटल)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले करसहित पाँच प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीसचिव गीता दाहालले जानकारी दिइन् ।प्रस्तावित लाभांश आगामी पुस २३ गते हुने कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर
काठमाडौं— साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य गिरावट आएको छ ।आज नेप्से परिसूचक ३ दशमलव ०२ अंकले घटेर २६०६ दशमलव ६७ को विन्दुमा पुगेको छ । सोमबार ३३१ कम्पनीका ८३ हजार २७३ पटकको कारोबारमा एक करोड एक लाख ४६ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँ रहेको छ ।आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । सोमबार अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।त्
काठमाडौं— गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निर्गमन सम्बन्धी प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।कम्पनीको साधारणसभा आगामी मंसिर २९ गते बिहान ११ बजे मोरङ्ग, विराटनगरस्थित होटल एयरपोर्टमा हुनेछन् । सभा प्रयोजनका लागि कम्पनीले सोही दिन एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर २८ गतेसम्म रहेका शेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।हाल ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सोही बराबर अर्थात् ७५ करोड रुपैयाँको हकप्रद शेयर निष्कासन गर्न
काठमाडौं— राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रिय बैंकले पेन्सन कोषमा रहेको ४ अर्ब ३५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।राष्ट्र बैंकले यस निक्षेपमा ब्याजदर प्रस्ताव गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई मंसिर २३ गते राति ७ बजेसम्म को समय दिएर आह्वान गरेको छ।कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ३ अर्ब ४८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ६५ करोड २५ लाख रुपैयाँ, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २१ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा बाँडफाँड गर्ने योजना बनाएको छ।यो लगानी सन
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर आज २ लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६०५ रुपैयाँ कायम भएको थियो ।
काठमाडौं— आन्दोलन स्थगित गरेको एक महिना पनि नबित्दै बीमा प्राधिकरणका कर्मचारीहरूले फेरि अर्को अल्टिमेटम दिएका छन् । आफूहरूको माग पूरा नभएको भन्दै उनीहरूले सात दिनभित्र माग पूरा नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।आइतबार नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष प्रेमहरि पोखरेल र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यसअघि भएको सहमति कार्यान्वयनका लागि कुरेर बस्दा २१ दिनसम्म पनि माग पूरा गर्न कुनै पहल नभएकाले अबको सात दिनभित्र माग पूरा नभए मंसिर २८ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दुवै संगठनले दिएका छन् ।उनीहरूले सा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.