काठमाडौं— आन्दोलन स्थगित गरेको एक महिना पनि नबित्दै बीमा प्राधिकरणका कर्मचारीहरूले फेरि अर्को अल्टिमेटम दिएका छन् । आफूहरूको माग पूरा नभएको भन्दै उनीहरूले सात दिनभित्र माग पूरा नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
आइतबार नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष प्रेमहरि पोखरेल र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यसअघि भएको सहमति कार्यान्वयनका लागि कुरेर बस्दा २१ दिनसम्म पनि माग पूरा गर्न कुनै पहल नभएकाले अबको सात दिनभित्र माग पूरा नभए मंसिर २८ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दुवै संगठनले दिएका छन् ।
उनीहरूले सातवटा माग अघि सारेर पूरा गर्न आग्रह गरेका छन् ।






































