आर्थिक

    Showing 1,481-1,490 of 3,062 items.
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं–सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन हाल सम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजोको तुलनामा आज सुन १ हजार रुपैयाँले बढेको छ ।मंगलबार स्थानीय बजारमा सुन १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइकाृ थियो । यसअघि भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँले बढेर १७८० रुपैयाँ पुगेको छ ।  

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 444 पटक पढिएको
  • उद्यमशीलता नै आर्थिक समृद्धिको आधार : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलता नै आर्थिक समृद्धिको आधार भएको स्पष्ट पारेका छन् । नवलपुरबाट भेट्न आएका उद्यमीले उत्पादन गरेको मह कोसेली लिँदै प्रधानमन्त्री ओलीले उद्यमशीलताको महत्वमा जोड दिएका हुन ।प्रधानमन्त्री ओलीले भेटघाटका क्रममा ग्रामीण स्तरमा हुन सक्ने उद्यमशीलताका सम्भावनाबारे पनि छलफल भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले सरकारले युवाहरूलाई उद्यमशील बनाउनका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको र २५ लाख रुपैयाँसम्मको बिना धितो ऋण उपलब्ध गराएको जानकारी समेत गराएका छन् । प्रधानमन्त्री ओलीले फेसबुकमार्फत लेखेका छन, ‘नवलपु

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 548 पटक पढिएको
  • सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन समितिद्धारा अर्थमन्त्रीसँग छलफल

    काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ ।आज समितिले अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको हो । समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले संविधान र कानूनी व्यवस्थामा आधारित भएर समितिको प्रतिवेदनको अन्तिम रुप दिनेगरी सुझाव लिनको लागि अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेको बताए । छलफलका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र समाजवाद उन्मुख मिश्रित रह

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 452 पटक पढिएको
  • मुख्य सचिवलाई चेम्बरको सुझाव : अर्थतन्त्र सुधार्न नीतिगत सहजिकरण गरिदिनु

    काठमाडौं- मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेकोमा व्यवसायीहरुले जोड दिएका छन् ।नेपाल चेम्बर अफ कमर्सका पदाधाकारीहरुको टोलीले आज नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँगको भेटका क्रममा यस्तो ध्यानाकर्षण गराएका हुन् । चेम्बर अफ कमर्सले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिब्र र दिगो विकासका लागि नीतिगत स्थिरता आवश्यक देखिएको भन्दै मुख्यसचिवले अर्थतन्त्र सुधारका लागि नीतिगत सहजिकरण गर्न सुझाव समेत दिएको छ । मुख्यसचिव अर्यालसँगको भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले सरकारले अर्थतन्त्रमा आएको शिथिलता कम गर्न अविलम्व पहल गर्न आग्रह गरे । उनले मुलुकको आ

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 365 पटक पढिएको
  • सुन र चाँदीको मूल्यमा भारी गिरावट

    काठमाडौं–साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा रु १,२०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार तोलामा रु १,५३,००० मा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु १,५२,१०० निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा रु १,७९५ मा कारोबार भइरहेको थियो भने आजका लागि यसको मूल्य तोलामा रु १,७५० निर्धारण गरिएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 486 पटक पढिएको
  • आजका लागि कृषि उपजको मूल्य सार्वजनिक (सूचीसहित)

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको मूल्य सार्वजनिक गरेको छ । यस सूचीमा गोलभेडा, आलु, प्याज, गाजर, काउली, मूला, भन्टा, बोडी, घिउ सिमी, टाटे सिमी, भटमासकोशा लगायतका वस्तुहरूको न्यूनतम, अधिकतम र औसत मूल्य समावेश गरिएको छ । गोलभेडाको मूल्य सूचीमा नेपाली र भारतीय उत्पादनबीच समानता देखिन्छ। गोलभेडा ठूलोको मूल्य प्रति केजी नेपाली र भारतीय दुवैमा रू ५० देखि रू ६० सम्म छ, जबकि गोलभेडा सानो (लोकल) प्रति केजी रू २० देखि रू ३० को बीचमा छ । आलुको मूल्यमा विविधता छस रातो आलुको मूल्य भारतीय उत्पादनमा प्रति केजी रू ५५ देखि रू ६० र नेपाली उत्पादनमा रू ६८ देखि रू

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 441 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५० पैसा,  युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । अष्ट्

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 340 पटक पढिएको
  • दशैँसम्म चोभारको पुष्प तथा फलफूल थोक बजारको निर्माण पूरा गर्नु : कृषिमन्त्री

    काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दशैँसम्म पूरा गर्न निर्देशन दिएका छन् । शुक्रवार काठमाडौंको चोभार स्थित निर्माणाधीन पुष्प तथा फलफूल थोक बजारको निरीक्षण गर्न पुगेकन मन्त्री अधिकारीले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिएका हुन् । मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने बताए । उनले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कारबाही हुने संकेत गर्दै विगतमा के भयो भन्दा पनि अब दशैँ भन्दा अघि भवन सरकारलाई हस्तान्तरण गर्नुपर

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 224 पटक पढिएको
  • दसैँमा नयाँ नोटको सटही बन्द, सुकिलो नोट साटिने

    काठमाडौं–नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा नयाँ नोटको सटही नगर्ने भएको छ । बैंकले विगतका वर्षहरूमा जस्तै यसपटक सफा र सुकिलो नोट सटही गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार, सफा नोट कहाँ, कैले, कसरी र कति सटही पाइन्छ भन्ने विषयमा बैंकले चाँडै सूचना जारी गर्नेछ ।दसैँको मुखमा नयाँ नोटको सटही गर्दा ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था आउने भएकाले यसपटक यस्तो निर्णय गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले बताए । उनका अनुसार, विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 600 पटक पढिएको
  • तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

    काठमाडौं- तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।शुक्रवारबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गर्नुभयो । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको हो । भदौ २३ गतेसम्म हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहेका छन् ।  प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, उर्जा आपूर

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 214 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा