आर्थिक

    Showing 1,481-1,490 of 4,490 items.
  • नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि

    काठमाडौं— साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो । यस दिन यसदिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेका छन् ।यद्यपि, बजारको कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको ४ अर्ब ४८ करोड रुपैयाँको तुलनामा यस दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन ३३२ स्टकको ६७ हजार ४८५ पटक कारोबार भएको थियो ।यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय स

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 581 पटक पढिएको
  • कोटेश्वरको जाम हटाउन सरकारले जापानसँग लियो १० वर्षका लागि ३१ अर्ब ऋण

    काठमाडौं— नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ ।अर्थमन्त्री  रामेश्वर प्रसाद खनालको सहभागितामा  बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो ।जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन  अर्थात् नेपाली करिब ३१ अर्ब ७६  करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने सम्झौतामा उल्लेख छ ।यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 581 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोवार भैइरहेको छ ।  

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 506 पटक पढिएको
  • गमगढी–पिना सडक स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकारद्वारा करिब १६ करोड बजेट विनियोजन

    काठमाडौं— रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न र यहाँ एक रात बस्न सक्षम हुनेछन् । यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।गमगढीका होटल व्यवसायीहरूका अनुसार, सडक सुधारपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने र गमगढीमा बस्ने पर्यटकहरूको अवधिमा पनि वृ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 463 पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि बाटो खुला

    काठमाडौं— नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । यसका लागि बोर्डले मङ्सिर १६ गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र पठाएर आईपीओ प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।यसअघि बुक बिल्डिङ विधिबाट कम्पनीले आईपीओ जारी गर्ने अनुमतिमा विवाद आउनपछि बोर्डले प्रक्रिया रोक्ने निर्णय गरेको थियो । २०८० सालको विघटित प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आईपीओ प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो । तर, पाटन उच्च अदालतले त्यसपछि प्रक्रिया अघि बढाउन आदेश दिएको थियो, र हाल बोर्

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 504 पटक पढिएको
  • बाजुराको बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवः १ करोड ४० लाख रकम बढी संकलन

    ‎बाजुरा— बाजुराका त्रिवेणी नगरपालिका स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा सम्पन्न बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवबाट न्यूनतम १ करोड ४० लाख रकम बढी संकलन भएको छ । मंसिर ६ गते देखि १४ गतेसम्म सञ्चालन भएको धार्मिक एवं ज्ञान विज्ञान महा–महोत्सव महायज्ञबाट अनुमानित १ करोड ४० लाख रकम बढि संकलन भएको महायज्ञका कार्यक्रम संयोजक तथा त्रिबेणी नगरपालिका ४ का अध्यक्ष गणेश साउदले बताए ।उनका अनुसार,महायज्ञ भव्य रुपमा सु–सम्पन्न भएको बताउँदै  यज्ञबाट मोटामोटी १ करोड ४० लाख रकम बढि संकलन भएको बताएका छन् । सम्पूर्ण चन्ददाताहरुले दान गरेको रकम अनाथ टुहुरा बालबालिकाहरुका तथा आव

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 528 पटक पढिएको
  • माछापुच्छ्रे एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन

    काठमाण्डौं— एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे« एसआईपी योजना’को इकाई खरिदको आज अन्तिम दिन रहेको छ । यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे« क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाई बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला गरिएको थियो । यस योजनामा कुल ५ करोड इकाई निष्कासन गरिएको हो, जसमा प्रथम चरणमा २ करोड इकाइको बिक्रीको लागि आवेदन खुला गरिएको छ ।कोष प्रवद्धक र योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ७५ लाख इकाई छुट्टाइएको छ, जसमा १४ प्रतिशत अर्थात् ७० लाख इकाई माछापुच्छ्रे ब

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 453 पटक पढिएको
  • पर्यटन चलायमान बनाएर बेरोजगारी समाधान गर्न सकिन्छः बस्नेत

    काठमाडौं— गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विरेन्द्र बहादुर बस्नेतले देशको प्रमुख समस्या बेरोजगारी रहेको बताएका छन् ।मंगलबार पोखरामा आयोजित पर्यटनमय पोखरा कार्यक्रममा बोल्दै उनले पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई रोजगारी सिर्जनाका मुख्य स्तम्भका रूपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए ।बस्नेतले बेरोजगार युवाको समस्याले असन्तुष्टि, दुर्घटना तथा विभिन्न सामाजिक घटना बढिरहेको उल्लेख गरे । उनले पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन सके मात्रै रोजगारी विस्तारतर्फ ठोस परिणाम देखिने बताए ।उनले भने, ‘मुख्य समस्या यो राष्ट्रको अहिले बेरोजगारी हो । बेरोजगारीको कारणले गर्दाख

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 476 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।   नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बि

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 346 पटक पढिएको
  • सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    काठमाडौं— साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से पसिुचक सामान्य अंकले घटेको छ । सोमबारको बजारमा ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको नेप्से परिसुचक आजभने ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो ।त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ ।सोमबार ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन कुल ३२४ स्टकको ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यो खरिद बिक्री ५६ हजार ९ पटकको कारोबारमा भएको ह

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 564 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.